काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजधानीको विकासका लागि प्रदेश सरकार चिन्तित छ : मुख्यमन्त्री पौडेल

13.15K
shares

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले काठमाडौं उपत्यकाको विकासमा प्रदेश सरकार सधैं चिन्तित रहेको बताएका छन् । ललितपुर महानगरपालिकाको शतवार्षिकी कार्यक्रममा सोमबार पौडेलले यस्तो बताएका हुन् ।

पौडेलले उपत्यकाभित्र दुईवटा महानगर भएर पनि अब उपत्यकालाई समग्ररुपमा एउटै योजनामा राखेर विकास गर्नुपर्ने बताए । ‘उपत्यकामा यो नगर र त्यो नगर भन्नुभन्दा पनि मेट्रो कन्सेप्टमा अगाडि बढ्न आवश्यक छ,’ उनले भने, ‘जनताले प्रत्याभूत गर्न नसकेको विकासको केही अर्थ हुन्न ।’

ललितपुर महानगरपालिका धार्मिक र सांस्कृतिक सम्पदामा धेरै धनी भए पनि सयौं, हजारौं वर्ष पहिलेको सम्पदालाई अहिले बेचर खाएको उनले बताए । उनले भने, ‘हामीले आज १०० वर्षको उत्सव मनाउँदै गर्दा हामीले सय वर्षमा के नयाँ निर्माण गर्न सक्यौं, त्यसबारे पनि छलफल आवश्यक छ ।’

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले ललितपुरको इतिहास रोमका पुराना सहरभन्दा पनि पुराना भएकाले यसको इतिहास धेरै अगाडि रहेको बताए । उनले भने, परापूर्वकालमा गोष्ठीका (गुठी) बाट प्रशासनिक कामकारबाही अगाडि बढाउने गरे पनि अहिले गुठीलाई महत्वहीन बनाउनु प्रशासनिक इतिहासको एउटा अध्यायको अन्त्य गर्नु हो ।’ प्रशासनिक इतिहासलाई जीवन्त राख्न गुठीलाई पनि जीवन्त राख्नुपर्ने जोशीको भनाइ छ ।