काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदयपुरका दानवीर : वडा कार्यालयलाई ३० लाखको जग्गादान

15.69K
shares

उदयपुरका डम्बरबहादुर तामाङले सरकारी प्रयोजनका लागि ३० लाखको जग्गादान गरेका छन् । बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले वडा कार्यालयको भवन निर्माणका लागि ३० लाख मूल्यबराबरको डेढ कट्ठा जग्गादान गरेका हुन् ।

सुनसरी– चतरा– गाईघाट– कटारी, सिन्धुली– हेटौंडा हुँदै काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको आडैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान गरेका छन् । सो जग्गा जिल्ला मालपोत कार्यालयमा हालै पास गरिदिएको बेलका नगरपालिका–४ का वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

तामाङले यसअघि वडा नम्बर ४ को गुरुङचौरीमा रहेको ४० लाखबराबरको चार कट्ठा जग्गा विद्यालय भवन निर्माणका लागि दान गरेका थिए । तामाङ भूपू बेलायती गोर्खाली सेना हुन् । ‘बूढेसकालमा भए पनि देशको सेवा गर्ने अवसर पाएँ, खुसी लागेको छ,’ तामाङले भने ।