काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तमा ३६ सयको मृत्यु : एम्नेस्टी

14.49K
shares

नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तमा तीन वर्षमा ३६ सयभन्दा बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१६ देखि अहिलेसम्ममा तीन हजार ६ सय ४१ जनाको मृत्यु भएको हो ।

जनवरी २०१६ देखि अक्टुबर २०१८ सम्ममा ३१० वटा आक्रमणका घटना भएको र तीमध्ये ५८ प्रतिशत सन् २०१८ मै भएको एम्नेस्टीले जनाएको छ । ‘नाइजेरियाका अधिकारीहरू साम्प्रदायिक झडपको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न असफल देखिएका छन्,’ एम्नेस्टीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यो वर्षमात्रै दुई हजारभन्दा बढी मारिएको र हजारौं घरबारविहीन भएको वक्तव्यमा उल्लेख छ । नाइजेरियामा बेरोम आदिवासी किसानहरू र फुलानी समुदायका फिरन्ते गोठालाहरूबीच विभिन्न राज्यमा भिडन्त हुने गरेको छ । जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।