मोबाइल एक्सचेन्ज मेला क्रिसमससम्म, किस्ताबन्दीमा ल्यापटप र क्यामेरा
वि.सं.२०७५ पुस ३ मंगलवार १४:०३
shares

सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेन्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखीय सहभागिता बढेपछि मेला अवधि पुस १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जनाएको छ ।
मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आई फोन, आइप्याड, म्याकलगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउनेछन् ।
मोबाइल एक्सचेन्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा अफर मेलाको आकर्षण रहेकोे छ । ९ हजार ९ सय ९९ रुपैयाँदेखि २ लाख ३४ हजार रुपैयाँसम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैयाँदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।
‘मेलामा जस्तो सुकै पुरानो मोबाइलको पनि उचित मुल्य पाउनुका साथै सट्टापट्टा पनि गर्न सकिन्छ,’ सिटीसी मोबाइल हबका प्रबन्धक जीवन श्रेष्ठले भने, ‘मेलामा विश्वबजारमा पाइने सबै ब्रान्डका मोबाइल, ल्यापटप, क्यामेरा र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’
मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ । ६० मिनटमा फेस टु फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइनेछ । निःशुल्क पार्किङको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्र बाट आकर्षक उपहार वितरण गर्ने जनाएको छ ।
मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउनेछन् भने ४ स्कोर गर्नेले आफूले खरिद गरेको अर्को एउटा सामान सित्तैमा पाउनेछन् । सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस, नोकिया, कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्रान्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्याड मोबाइल हबका आकर्षण हुन् ।

























