काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

8.69K
shares

राजतन्त्रवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षीय गिरी उपचारका लागि यसअघि १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो । गिरी जीवनकालभर राजतन्त्रका पक्षधर रहे । पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिनेछ ।