काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वप्रधानमन्त्री गिरीको निधन, अन्त्येष्टि भोलि

13.13K
shares

राजतन्त्रवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षीय गिरी उपचारका लागि यसअघि १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो । गिरी जीवनकालभर राजतन्त्रका पक्षधर रहे ।

यसैबीच, पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा अोलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै भनेका छन्- पूर्वप्रम गिरीको निधनले आफूलाई दुखित बनाएको छ । यस घडीमा स्व. गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिनेछ ।केही वर्षयता हिन्दू धर्म त्याग्दै क्रिस्चियन धर्म अंगालेका गिरीको भोलि विद्युतीय शवदाहगृह अन्त्येष्ठी गरिने बताइएको छ ।

को हुन् गिरी ?
वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरी राजाले शासनसत्ता हातमा लिएका बखत पटक–पटक प्रधानमन्त्री बनाइएका व्यक्ति हुन् । २०१७ सालमा जननिर्वाचित संरकारलाई अपदस्त गरी शासनसत्ता हातमा लिन उनै गिरीले तत्कालीन राजा महेन्द्रलाई सहयोग गरेका थिए ।

२०१७ सालमा राजाले जननिर्वाचित संसद र सरकार भंग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फस्र्ट मिनिस्टर हुँदै मन्त्रिपरिषदको उपाध्यक्ष बनाइएका थिए । पछि गिरी प्रधानमन्त्री पनि बनाइए । यसअघि, उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्रमन्त्री थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा देशको शासन सत्ता हातमा लिएर प्रत्यक्ष शासन सुरु गरेपछि यिनी पुनः मन्त्रिपरिषदको उपाध्यक्ष बनाइए ।

उनी नेपालमा ‘पञ्चायती व्यवस्थाको जननी’ मानिन्छन् । सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने ब्यक्ति पनि हुन् उनी । स्वर्गीय गिरी लामो समयदेखि विदेशमा बस्दै आएका थिए । २०३६ सालमा जनमसंग्रह गर्ने तत्कालीन राजा वीरेन्द्रको घोषणाप्रति असन्तुष्ट रहँदै श्रीलंका गएका थिए ।

गिरी ०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिँदा मन्त्रिपरिषदको उपाध्यक्ष बन्न नेपाल फर्किएका थिए । २०६२÷६३ को दोस्रो अनआन्दोलनले राजतन्त्र ढालेपछि गिरी नेपालमै थिए । उनी आफ्नो जीवनकालभर अविचलित रुपमा राजतन्त्रको पक्षमा रहे । ‘जीवनको अन्तिमकालसम्म उनी राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकका रुपमा राजसंस्था रहनुपर्छ’ भन्ने मान्यतामा थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले २०५९ साल असोजमा विघटित प्रतिनिधिसभा ब्युँताउनुअघि २०६३ साल वैशाख ११ गते सात राजनीतिक दलहरुसँग संवैधानिक राजसंस्था राख्ने सम्झौता भएको’ उनले आफूनिकटस्तलाई बताउँदै आएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रका नजिकका सल्लाहकारका रुपमा रहँदै आएका उनी जीवनको अन्तिम कालसम्म पनि लोकतन्त्रको विपक्षमा उभिरहे । ‘लोकतन्त्रले जनतालाई टुहुरो बनायो, कानुन र न्याय व्यवस्था निरीह बनायो’ भन्ने टिप्पणी गर्दै आएका गिरी विभिन्न अन्तर्वार्तामा ‘अब राजा र जनताले देश चलाउनुपर्छ,’ भन्दै आएका थिए ।