काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अटो भिल्लाको आयोजनामा मणिग्राममा ‘एक्सचेन्ज मेला’

15.54K
shares

‘पुरानो छोडौं नयाँ चढौं’ भन्ने मूल नाराका साथ रुपन्देहीको मणिग्राममा एक्सचेन्ज मेला सुरु भएको छ । हाइवे अटो भिल्ला प्रालि बुटवलको आयोजनामा नयाँ गाडी चढ्न चाहने पारखीका लागि पुराना गाडी साँटेर नयाँ गाडी चढ्ने मेला लागेको हो ।

मणिग्रामको ड्रिमल्याण्ड रिसोर्टमा पाँच दिनसम्म चल्ने मेलामा रेनल्ड, निशान, केटीएम, भेस्पा, एप्रिलिआ, पियाग्जीओ कम्पनीका विभिन्न ब्रान्डका गाडी साट्न पाइनेछ । जुनसुकै कम्पनीका पुराना मोटरसाइकल, टेम्पो र कारहरु मेलामा लगेर नयाँ साँट्न मिल्ने हाइवे अटोभिल्लाका सञ्चालक दिपक श्रेष्ठले जानकारी दिए ।

मेलामा पुराना गाडीको सट्टा नयाँ गाडी साट्नमात्र होइन, मेलामै फाइनान्स, पुराना गाडीको उत्कृष्ट मूल्यांकन, आकर्षण डिस्काउन्ट, बिमा सुविधा र सजिलो एक्सचेन्ज अफरको व्यवस्थासमेत आयोजकले गरेका छन् । मेला अवधिभर ८० भन्दा बढी नयाँ गाडी दिने र सोही परिमाणमा पुराना गाडी साट्ने लक्ष्य आयोजकको छ । मेलामा दुई लाख ४० हजारदेखि डेढ करोडसम्म पर्ने गाडी राखिएका छन् ।

तीन हजार ग्राहकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको अटोभिल्लाका अर्का सञ्चालक दिनेश श्रेष्ठले बताए । मेलामा आउने ग्राहकले गाडीको टेस्ट ड्राइभ र विभिन्न गेम खेल्न पाउने तथा सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुन पाउने उनको भनाइ छ । मध्याह्न १२ बजेदेखि सुरु हुने मेला राति ८ बजेसम्म चल्नेछ ।