सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
वि.सं.२०७५ पुस ३ मंगलवार २१:३५
shares

सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अजोड इन्स्योरेन्सको बिमा सेवा बैंकका ७१ शाखामार्फत उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको उनले जानकारी दिए ।

























