काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बहुराष्ट्रिय कम्पनी कोकाकोलामा अब नेपाली चिनी

27.2K
shares

बोटलर्स नेपालले पहिलोपटक स्वदेशी उद्योगबाट उत्पादित चिनी कोकाकोलालगायतका पेय पदार्थमा प्रयोग गर्न थालेको छ । बोटलर्स नेपाल बालाजु र बोटलर्स तराई लिमिटेडले सिराहामा सञ्चालित हिमालय सुगर मिल्ससँग चिनी खरिद गर्न थालेका हुन् । बोटलर्स नेपाल बहुराष्ट्रिय कम्पनी कोकाकोलाको पेय पदार्थ उत्पादक कम्पनी हो ।

कम्पनीले अहिलेसम्म करिब २५ करोडको चिनी खरिद गरिसकेको हिमालय सुगर मिल्सका प्रमुख शशिकान्त अग्रवालले बताए । ‘अब कोकले नियमित नेपालको चिनी खरिद गर्नेछ,’ न्युज कारोबारसँग उनले भने, ‘बहुराष्ट्रिय कम्पनीले नेपाली चिनी प्रयोग गर्न थाल्नुले चिनीको गुणस्तरमाथिको प्रश्न गर्ने ठाउँ मेटिदिएको छ ।’ यसअघि, नेपाली चिनीको गुणस्तरमा शंका गर्दै बोटलर्सले विदेशबाट चिनी किन्दै आएको थियो । बोटलर्सले स्थापनाको ३९ वर्षपछि पहिलोपटक स्वदेशी उद्योगसँग चिनी किनेको हो ।

नेपाली चिनी उठाउनुअघि कोकले अमेरिका, थाइल्यान्ड र भारतमा रहेका विशेषज्ञबाट हिमालय सुगर मिल्सको चिनीको गुणस्तर मापन गराएको जनाइएको छ । हिमालय सुगर मिल्सले नेपाली उद्योगबाट चिनी उठाउनु नेपाली उद्योग क्षेत्रकै उपलब्धि भएको प्रमुख अग्रवालले बताए । उद्योगले कोकको आवश्यकताअनुसार चिनी उपलब्ध गराउन सक्ने उनले स्पष्ट पारे ।

एमएस र एभरेष्ट समूहको संयुक्त लगानीमा सञ्चालित हिमालय सुगर मिल्सले रसायन अर्थात् गन्धक र चुनरहित चिनी उत्पादन गर्दै आएको छ । दैनिक दुई हजार पाँच सय टन उखु पेल्ने क्षमता रहेको उद्योगले दैनिक अढाइ सय टनसम्म चिनी उत्पादन गर्ने क्षमता राख्छ ।

सरकारले चिनीको आयातमा लाग्दै आएको भन्सार महसुल सय प्रतिशतले बढाउँदै १५ बाट ३० प्रतिशत पुर्याएको थियो । विदेशी चिनी आयात निरूत्साहित भएसँगै स्वदेशी उद्योगीलाई सहज भएको छ ।