काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस महासमिति बैठक छिर्यो धर्मसम्बन्धी एजेन्डा, नेताहरुबीच भनाभन

16.42K
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धर्मसम्बन्धी एजेण्डामाथि छलफल सुरु भएको छ । धर्मप्रतिको धारणाले महासमिति बैठकमा नेताहरुबीच भनाभन नै भएको छ ।

अधिकांश महासमिति सदस्यहरु हिन्दु राष्ट्रका पक्षमा पार्टीले लाइन सोझ्याउनुपर्ने पक्षमा देखिएका नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । बैठक सुरु भएयता कतिपय सदस्यहरुले धर्मसम्बन्धी एजेन्डालाई छलफलको विषय बनाउन हस्ताक्षर अभियान नै चलाएका थिए । झण्डै सात सय महासमिति सदस्यले उक्त अभियानमा हस्ताक्षर गरेका छन् ।

यद्यपि, बुधबारको बन्दसत्रमा धर्मसम्बन्धी एजेन्डामा नेताहरु विभाजित देखिएका छन् । लोकेश ढकाल, चन्द्र केसी लगायतका सदस्यले हिन्दु धर्मसापेक्ष राष्ट्रका पक्षमा पार्टी उभिनुपर्नेमा जोड दिएका छन् भने सुवास यादव, तेजुलाल चाौधरी, राजकिशोर सिंह लगायतले संविधानमा भएको धर्म्निरपेक्षताको व्यवस्थाबाट पछि हट्न नहुने बताएका छन् ।

धर्मसम्बन्धी एजेन्डामा विभाजित बनेका नेताहरुबीच बैठकमा भनाभनकै स्थिति बनेको थियो । धर्म सापेक्षताको कुरा गर्नु कुतर्क भन्दै केही सदस्यले आलोचना गरेपछि हस्ताक्षर गर्नेहरुले त्यसको प्रतिवाद गरेका थिए ।

शनिबारदेखि सुरु बैठक बाहिर हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । वैदिक सनातन हिन्दुराष्ट्र निर्माणका लागि भन्दै महासमितिको बैठक बाहिर हिन्दु हस्ताक्षर अभियान सञ्चालन गरिएको अभियान्ताहरुले बताएका छन् । हस्ताक्षर अभियानमा पूर्वसभामुख तारानाथ रानाभाटदेखि केन्द्रीय समितिका नेताहरु सक्रिय थिए ।

महासमिति सदस्य राजुराज जोशीले हिन्दु राष्ट्रको पक्षमा करिब सात सय महासमिति सदस्यले हस्ताक्षर गरेको जानकारी दिए । हिन्दु राष्ट्रको पक्षमा जनमत सङ्ग्रह हुनुपर्ने व्यवस्था कांग्रेसको दस्तावेजमा गराउने उद्देश्यले हस्ताक्षर चलाइएको उनको भनाइ छ । धर्मसम्बन्धी एजेण्डामा पुनर्विचार गर्न कांग्रेस नेतृत्वलाई चर्को दबाब पर्ने देखिएको छ । अन्य शीर्ष नेताहरुले अहिले यो विषयमा बहस गर्न चाहेका छैनन् । तर, महामन्त्री शशांक कोइरालालगायतका नेताले यसबारे पार्टीलाई आधिकारिक र ठोस धारणा बनाउनुपर्ने बताएका छन् । यसमा भने कोइरालालाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला पक्षका नेताहरुले पनि समर्थन गरेका छन् ।

सिराहाका महासमिति सदस्य यादवले आफैंले जारी गरेको संविधानमा उल्लेख गरिएको व्यवस्थाभन्दा बाहिर जान नहुने बताए । ‘धर्म सापेक्ष हुँदा अन्य धर्म समुदाय पार्टीप्रति चिढिन सक्छन्,’ उनले भने ।

विधान मस्यौदामा नेताहरुले सहमति गर्न ढिलाइ गरेका गरेका महासमिति बैठक बिहीबारमात्रै सकिने भएको छ ।