काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विशेष अदालतमा आरोपपत्र दायर

483
shares

काठमाडौँ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, वीरगञ्जमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको ठोरी गाउँपलिकास्थित जलस्रोतको पुनर्भरण/भण्डारण कार्यको निर्माण तथा मर्मत सम्भार कार्यको भुक्तानी दिएबापत तीन लाख ४५ हजार घुस लिएको भन्दै आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार उक्त कार्यालयका अधिकृत छैटौँ प्राविधिकद्वय गजेन्द्रप्रसाद जयसवाल र विकी यादवले पर्साको ठोरी गाउँपालिका–३ मा सञ्चालित जलस्रोतको पुनर्भरण तथा भण्डारणसम्बन्धी योजनाको भुक्तानी र धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग तीन लाख ४५ हजार घुस मागेको भन्दै आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानलेले आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारसम्बन्धी उक्त योजना सम्पन्न भएपछि भुक्तानी तथा धरौटी रकम फिर्ता दिने क्रममा दुवै कर्मचारीले आपसी मिलेमतोमा घुस रकम लिएको भन्दै आरोपपत्र दायर गरेको बताए ।

आयोगले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा तीन लाख ४५ हजार बिगो कायम गरी बिगोबमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा १ को देहाय ग बमोजिम कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको हो ।