काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चाेरीमा सक्रिय गिरोह धनुषाबाट पक्राउ

16.46K
shares

धनुषामा एनसेल टावरको ब्याट्री चोरी गर्ने पाँच जना रंगेहात पक्राउ परेका छन् । प्रहरीले चोरीको ब्याट्री र भारतीय नम्बर प्लेट भएको स्कारपियोसहित पाँच जनालाई बटेश्वरबाट पक्राउ गरेको हो । बटेश्वर बजारस्थित अस्थायी प्रहरी चौकीको गस्ती टोलीले राति गाडी जाँचका उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रगरका प्रहरी इन्चार्ज अमिरकुमार दाहालले जानकारी दिए ।

 

धनुषाको बटेश्वर गाउँपालिका वाडा १ जनमुक्तिचौकभन्दा ५ सयमिटर पूर्वचौरीमा रहेको एनसेलको टावरको ब्याट्री चोरी गर्दै बी.आर.३२ पी.ए.३४५४ नम्बरको भारतीय स्कारपिओ गाडीमा राखेर उनी भाग्दै थिए । प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा चोरी गर्नेको नाइके सिरहा नारागी बस्ने रामकुमार यादव भाग्न खोजेका थिए । तर, तत्काल प्रहरीले एक्सन लिँदा अन्य ४ जनालाई पनि पक्राउ गर्न सफल भएको दाहालले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।

 

क्राउ पर्नेमा समूहका मुख्य नाइके मानिएका सिरहा नारागीका रामकुमार यादव, सितापुर ८ सिरहा बस्ने विद्यानन्द यादव, कर्जन्हाका रोहितकुमार यादव, सप्तरी सुरुङाका मोहम्मद बुदिस र लक्ष्मीपुर कटारी ३ बस्ने सम्पैतकुमार यादव रहेको प्रहरी स्र्रोतले जनाएको छ ।