काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नवौं पोखरा महोत्सव पुस २७ देखि

12.96K
shares

नवौ संस्करणको पोखरा महोत्सव पुस २७ देखि हुने भएको छ । अमरसिंह मा.वि.को खेल मैदानमा पुस २७ देखि माघ ८ सम्म आयोजना हुने महोत्सवमा कास्कीको लेखनाथमा निर्माणाधीन चिडियाखाना अवलोकन गराइने भएको छ ।

महोत्सव आयोजक युनाइटेड क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नवौं संस्करणको पोखरा महोत्सव अवधिभर क्लबको पहलमा लेखनाथमा निर्माणाधीन चिडियाखाना अवलोकनको व्यवस्था गरिने जानकारी दिइएको हो ।

स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि पोखरामा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माणमा पहलकदमी सँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले यस पटक चिडियाखाना अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष लालकाजी गुरुङले बताए ।

चिडियाखानासंगै महोत्सव अवधिभर विभिन्न जातजातीका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ सस्थाहरुको वारेमा जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा बिक्री वितरण, पर्यटन प्रवर्द्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला र बाल उद्यानका गतिविधिहरु सञ्चालन हुने महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले बताए ।

महोत्सवले देशको कला, संस्कृति, भेषभूषाको  संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी मुलुकलाई समृद्धितिर पुर्याउनुका साथै विकसित सूचना प्रविधिको जानकारी सर्वसाधरण सम्म पुर्याउन, आन्तरिक तथा बाह्य मुलुकमा उत्पादित बस्तुको बजार सहजीकरण गराउन सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोगसँगै मुलुकलाई आर्थिक चलायमान गराई रोजगार सृजना गराइ क्षेत्रगत विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको महोत्सव प्रचार प्रसार संयोजक थापाले वताए ।