काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुधबारको दुई खेलमा जित हासिल गर्दै एपिएफ शीर्ष स्थानमा

12.71K
shares

पोखरामा जारी राष्ट्रिय पुरूष लिग भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै अर्को विभागीय टोली एपिएफ शीर्ष स्थानमा रहन सफल भएको छ । पोखरामा जारी प्रतियोगिताअन्तर्गत बुधबारको दुई खेलमा जित हासिल गरेसँगै एपिएफले १४ अंक सहित शीर्ष स्थानमा रहन सफल भएको हो ।

मंगलबारसम्मको खेलमा अग्रस्थान कायम गरेको पुलिसलाई अर्को विभागीय टोली डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले समेत पछि पारेको छ । आर्मीको १२ अंक छ भने पुलिसको १० अंक छ ।

त्यसै हेल्थ नेपाल स्पोटर्स क्लब ७ अंक, नयाँबजार युवा क्लब ६ अंक, मणिमुकुन्द भलिबल क्लबको ५ अंक छ भने जाउलाखेल भलिबल ट्रेनिङ क्लब र ढोरपाटन स्पोटर्स क्लबले हालसम्म कुनै अंक जोड्न नसकेको अफिसियल तथा राष्ट्रिय रेफ्रि राजन पौडेलले बताए ।

बुधबारको पहिलो खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई १७–२५, २६–२४, २६–२४, ८–२५ र १५–२ को सेटमा पराजित गरेको हो । दोश्रो खेलमा एपिएफले ढोरपाटन स्पोटर्स क्लबलाई २५–१२, २५–२१, २५–१५ को सोझो सेटमा पराजित गरेको हो । तेश्रो खेलमा नयाँबजार युवा क्लबले जाउलाखेल भलिबल ट्रेनिङ क्लबलाई २५–१९, २५–१७, २५–२१ को सोझो सेटमा पराजित गर्यो ।

बुधबारको चौथो खेलमा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गर्दा पुलिसले बुधबारको खेलमा कुनै अंक जोड्न पाएन। आर्मीले पुलिसलाई २५–१९, २५–२१, २५–१५ को सोझो सेटमा पन्छाएको हो ।

बुधबारको अन्तिम खेलमा एपिएफले सहज जित दर्ता गर्यो । हेल्थ नेपालले प्रतियोगितामा वाकओभर दिएसँगै एपिएफले जितसँगै ३ अंक बटुलेको हो । विहिबार ५ खेल हुने रेफ्रि गोपाल थापाले बताए ।

पोखरा भलिबल ट्रेनिङ सेन्टरमा भएको उक्त प्रतियोगिताको अवलोकनको लागि दर्शकले एक सय रुपैया शुल्क तिर्दै आएका छन् । पुष ७ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले दुई लाख पुरस्कार पाउनेछन् ।