काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय आवास कम्पनीले धमाधम किन बेच्दैछ जग्गा ?

15.94K
shares

राष्ट्रिय आवास कम्पनीले धुलिखेल नगरपालिका–५ स्थित खड्पुमा रहेको जग्गा बिक्री गर्न थालेकोे छ । सरकारको अर्धस्वामित्वको कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले १७ वर्षअघि बनेपा–पनौती सडकखण्डको सो स्थानमा ५७ रोपनी जग्गा किनेको थियो ।

आवास निर्माण गर्न चाहनेका लागि जग्गा बिक्री शुरु गरिएको कम्पनीका योजना प्रमुख रुना कार्कीले जानकारी दिईन् । ‘उक्त जग्गामा चालू आर्थिक वर्षमा ७० घडेरी बिक्रीका लागि सूचना प्रकाशन गरिसक्यौँ, बोलपत्र आह्वान गरिएको पनि बुधबार अन्तिम मिति थियो,’ उनले भनिन् ।

कम्पनीले आफैँ व्यवस्थित आवास बनाई बिक्री गर्ने उद्देश्य राखे पनि जग्गा खरिद गरेको नौ वर्षसम्म कुनै काम हुन नसकेपछि विसं २०६७ मा आफ्नै युनिट कार्यालय तथा २०६८ सालमा योजना कार्यालय नै स्थापना गरी काम अघि बढाएको थियो ।

निमित्त योजना प्रमुख कार्कीका अनुसार कम्पनीको कूल ५४ रोपनी क्षेत्रफलमा ९२ घडेरी रहेको र आर्थिक वर्ष २०७४÷७५ सम्म २२ घडेरी बिक्री भइसकेको छ । बिक्री गर्न बाँकी रहेका ७० घडेरीलाई क, ख र ग श्रेणीमा विभाजन गरी बिक्रीका लागि खुला गरिएको जानकारी दिँदै निमित्त योजना प्रमुख कार्कीले भनिन्, ‘विगतमा बनेपा नगरपालिकाको ल्याण्डफिल्ड साइडका कारण जग्गा बिक्री हुन सकेन, अहिले त्यो अवस्था नरहँदा बिक्री थालेका हौँ ।’

कम्पनीले ‘क’ श्रेणीका प्रतिवर्गमिटर २७ हजार ८९२, ‘ख’ श्रेणीका २४ हजार ७५६ र ‘ग’ श्रेणीको घडेरी १९ हजार ८०६ रुपैयाँमा बिक्री वितरण गर्ने सूची बनाएको छ । हाल बिक्रीका लागि क श्रेणीका १४, ख श्रेणीका ३७ र ग श्रेणीका १९ घडेरी राखिएको छ । कम्पनीले शुरुमा ५७ रोपनी जग्गा करिब १०० आवास, बगैँचा, पार्किङ्ग, खानेपानी, बिजुलीका तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको थियो ।