काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किन बेवारिसे चिहान खोतल्दै हिँड्दैछन् यी महिला ?

13.67K
shares

चार वर्षदेखि यी महिला आफ्ना प्रियजनको खोजीमा छन् । यीनले अहिलेसम्म करिब २०० चिहान खोतलिसकेकी छन् ।

सरकारी तथ्यांकअनुुसार मेक्सिकोमा सन् २००६ बाट ३७००० भन्दा बढी मानिस बेपत्ता भएका छन् । यीमध्ये अधिकांशको अवस्था अज्ञात छ । उनीहरु आफ्नो पछाडि रुँदै गरेका परिवारलाई छाडेर गएका थिए जो उनीहरुका अवस्था थाहा पाउन चाहान्छन् ।

मेक्सिकोको उत्तरी राज्य सिनालोआमा एक आमाले यी मानिसहरुको खोजी कार्यको जिम्मा लिएकी छन् । जब उनलाई कुनै अवैध चिहानबारे थाहा हुन्छ उनी तत्काल गल निकालेर त्यसलाई खोतल्न थाल्छिन् ।

फोटो पत्रकार ऐलेखान्द्रो सेगार्राले ती महिला र उनीसँग यो काममा जोडिएका अन्य ३० महिलालाई आफ्नो क्यामेरामा कैद गरेका छन् । सेवानिवृत्त शिक्षिका मिरना नेरेदा मेडिनाले यस्तो कामको शुरुवात गरेकी हुन् । सन् २०१४ मा उनका छोरा रोबर्टो गाउँको बाहिर एक पेट्रोल स्टेनबाट हराएका थिए । उनी पेट्रोल स्टेशननजिकै सीडी बेच्थे ।

प्रत्यक्षदर्शीका अनुसार १४ जुलाई २०१४ मा कालो रंगको एउटा ट्रक पेट्रोल स्टेशनमा रोकियो र त्यसभित्र बसेका यक्तिले रोबर्टोलाई ट्रकमा आउन भने । यसपछि रोबर्टो फेरि कहिले देखिएनन् ।

मिरनाजस्ता अन्य कैयौं मामिला पनि छन् । सिनालोआदेखि मात्रै २७०० मानिस बेपत्ता भइसकेका छन् । त्यसमा अधिकांश मानिस मारिएका हुनसक्ने अनुमान गरिएको छ । जो महिलाहरु उनीहरुलाई खोजीरहेका छन् उनीहरु यसबारे जान्दछन् । बेपत्ता भएका व्यक्तिहरुमा यी महिलाका आफन्त पनि छन् ।


मिरियम रेस खुला मैदानमा तीव्र तापाबट बच्नका लागि एक ह्याट लगाएर निस्कन्छिन् । उनी सन् २०१५ मा बेपत्ता भएका आफ्ना पूर्वपतिको खोजीमा छिन् । उनी भन्छिन्, ‘मेरो छोरालाई एक पिताको आवश्यकता छ ।’


यी महिलाहरु आल्चा र कोदालो लिएर हिँड्छन र कहिले–कहिले चिहानसम्म पुग्न ट्रकको प्रयोग पनि गर्छन् । उनीहरुलाई स्थानीयवासीबाट व्यवहारिसे चिहानका बारेमा थाहा हुन्छ । जब कुनै किसानले आफ्नो खेतमा मानव खोपडी वा जनावरको कुनै हड्डी भेट्टाउँछ, यसले यी महिलाहरुलाई खबर गर्छ । खबर पाउनेवित्तिकै यी महिलाहरु आल्चा र कोदालो लिएर त्यहाँ पुग्छन् ।

सिनालोआमा अपहरण हुनु सामान्य घटना भइसकेको छ । पैसावालाहरुसँग पैसा माग्नका लागि अपहरणकारीले पैसावालाका आफन्तलाई अपहरण गर्ने गर्दछन् । युवाहरुलाई कैयौं पटक जबरजस्ती आपराधिक समूहमा सामिल गराइन्छ । तर, उनीहरु अर्को समूहसँगको झडपमा मारिन्छन् । धेरैजसो घटना त परिवारलाई थाहै हुँदैन ।


तर, महिलाहरुको यो समूह बदला लिन चाहान्छ । उनीहरु जान्दछन्, उनीहरु जे खोजिरहेका छन् त्यो एउटा मृत्युको खबर हो । तर, २०१४ देखि अहिलेसम्म उनीहरुले २०० शव खोजीसकेका छन् । जब उनीहरुलाई वेवारिसे शवको अवशेष मिल्छ तब उनीहरु यसलाई डीएनए परीक्षणका लागि पठाउँछन् । अवशेष उनीहरुको रेकर्डमा रहेका व्यक्तिसँग मिल्यो भने उसका आफन्तलाई खबर गर्छन् । खातलेर निकालेकोमध्ये अहिलेसम्म करिब आधा संख्यामा रहेका शवको पहिचान भइसकेको छ ।


यो खोजमा तीन वर्षपछि मिरनाले आफ्नो छोरा रोबर्टोबारे पत्ता लगाईन् । जुलाई २०१७ मा उनले एउटा बेवारिसे चिहानबारे जानकारी पाइन् जुन पहाडले घेरिएको एक सुनसान क्षेत्र थियो । मिरना र उनका साथीहरुले त्यहाँ पुगेर चिहान खोतले । पछि शवको अवशेष रोबर्टोसँग मिल्यो ।

अहिले मिरना आफूले जस्तै आफन्त गुमाएका परिवारलाई सहयोग गर्छिन् । यो समूहमा अधिकांश महिला नै छन् । तर, केही पुरुष पनि यो समूहको हिस्सा बनेका छन् डन पेचो यस समूहसँग चार वर्षदेखि आफ्नो हराएको छोरा खोजिरहेका छन् । गुमाउनेहरु सिर्फ आमा–बुवा मात्रै छैनन्, कैयौं बच्चा पनि आफ्नो आमा–बुवाको वर्षौँदेखि प्रतिक्षा गरिरहेका छन् । (बीबीसी)