काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कृषि मन्त्रालयले विद्यार्थीलाई कृषि पढाउँछ : मन्त्री पौडेल

8.41K
shares

प्रदेश-५ स्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बजेटमा नै व्यवस्था गरी कृषि क्षेत्रमा पढ्दै गरेका र अध्यायन पुरा गर्ने अन्तीम तयारीमा रहेका विद्यार्थीहरुलाई ‘भविश्यका कृषक सहयोग’ कार्यक्रममार्फत सहयोग गर्ने भएको छ ।

पक्लिहवा कृषि क्याम्पस भैरहवमा आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले अब शिक्षित कृषिकर्मी निर्माण गरिने बताइन् ।

मन्त्री पौडेलले शिक्षत जनशक्ति बेरोजार भएर बस्ने वातावरण अन्त्यको लागि यस्तो प्रकृतिको कार्यक्रम ल्याइएको जानकारी दिइन् । उनका अनुसार पहिलो चरणमा प्रदेशका दुई वटा कृषि क्याम्पसमा अध्यायन गर्ने विद्यार्थीहरुलाई यस्तो प्रकृतिको सहयोग गरिने छ ।

कार्यक्रममा बोल्दै मन्त्रीले भनिन्, ‘विद्यार्थीहरुमा  सैद्दान्तिक ज्ञान मात्रै होइन, अब व्यवहारिक रुपमा पनि केही गरेर देखाउन आवश्यक छ, तपाईंहरु हिम्मत गर्नुहोस्, प्रदेश सरकार साथमा छ ।’

प्रदेश सरकारले कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिँदै उनले नेपालमै पहिलो पटक करार कृषि खेती सुरुवात गरेको उल्लेख गर्दै यसको अनुसरण अन्य प्रदेशहरुले पनि गर्न थालेको बताइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव याम नारायण देवकोटाले विद्यार्थीहरुलाई नै व्यवसायिक किसान बनाउने अभियानको थालनी नेपालमै पहिलो पटक सुरुवात गरिएको जनकारी दिए । विद्यार्थीहरुको सैद्दान्तिक ज्ञान, सिप र धारणालाई व्यवहारमा लागू हुनु राम्रो कार्य भएको बताए ।