डोलेश्वर भिलेज रिसोर्टले ३० प्रतिशत आईपीओ निष्कासन गर्ने
वि.सं.२०८३ असोज २२ बिहीवार १६:१७
shares

सारांश
- डोलेश्वर भिलेज रिसोर्टले ३०% आईपीओ निष्कासन गर्ने
- आईपीओबाट १६ लाख २० हजार कित्ता शेयर जारी गर्ने तयारी
- रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति गर्ने योजना
भक्तपुर । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात् १६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदनसमेत दिइसकेको जनाएको छ।
रिसोर्टको ११औँ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव अघि बढाएको हो। सभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। मैनाली अध्यक्ष तथा टिकाध्वज भण्डारी स्वतन्त्र सञ्चालक चयन भएका छन्।
२०७२ सालदेखि सञ्चालनमा रहेको रिसोर्टले आईपीओबाट प्राप्त रकम रिसोर्ट विस्तार, पूर्वाधार विकास तथा चारतारे स्तरमा स्तरोन्नतिमा प्रयोग गर्ने जनाएको छ। थप कोठा, स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल तथा मनोरञ्जन क्षेत्र विस्तार गर्ने योजना पनि कम्पनीको छ। सभामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले डोलेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमा रिसोर्टको भूमिका महत्वपूर्ण रहेको बताए।
























