काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनएमबि बैंकले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

507
shares

काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई (कर प्रयोजनार्थसहित) सो लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने पनि घोषणा गरेको छ ।

बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।