एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने
वि.सं.२०८३ असोज २२ बिहीवार १३:१७
shares

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले कायम चुक्तापुँजीको ७ प्रतिशत अर्थात् करसहित रु १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यस्तै, अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत अर्थात्रु १२ करोड २० लाख ५४ हजार ७९४.५२ नगद लाभांश दिने निर्णय गरिएको छ। बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ।
























