काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल एसबिआई बैंकद्वारा वृद्धाश्रमलाई आवश्यक सामग्री सहयोग

611
shares

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)लाई आवश्यक सामग्री सहयोग गरेको छ। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूको सहयोगका लागि प्रदान गरिएको सामग्री बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई हस्तान्तरण गरेका हुन्।

यसैबीच, बैंकले इटहरी र इलाम शाखा नयाँ परिसरमा स्थानान्तरण गरी सेवा सञ्चालनमा ल्याएको छ। इटहरी शाखा इटहरी–९ स्थित बिष्ट कम्प्लेक्समा र इलाम शाखा इलाम–७ स्थित इलाम बजारमा स्थानान्तरण गरिएको हो।

नयाँ परिसरबाट ग्राहकलाई थप सुविधासहित बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ। नेपाल एसबिआई बैंकले हाल १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १२७ एटिएमलगायत संरचनामार्फत सेवा दिँदै आएको छ।