कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई खुला
वि.सं.२०८३ असोज २२ बिहीवार १३:१९
shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। बैंकका संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिँदै ३५ दिनसम्म बिक्रीमा राखिएको उक्त शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरिएको हो।
इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन्।
























