एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीच सम्झौता
वि.सं.२०८३ असोज २२ बिहीवार १३:२८
shares

काठमाडौं । एनआईसी एशिया बैंक र लक्ष्मी प्रिमियम मोटर्सबीच बीएमडब्लु ब्राण्डका सवारीसाधन खरिदमा ग्राहकलाई सहुलियतपूर्ण कर्जा सुविधा दिने सम्बन्धमा समझदारी भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले परिवर्तनीय ब्याजदरमा औसत आधारदरमा थप १ प्रतिशत ब्याजमा सवारीसाधन कर्जा पाउनेछन्।
स्थिर ब्याजदर रोज्ने ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत ब्याजदरमा कर्जा लिन सक्नेछन्। यस्तै, प्रशासनिक सेवा शुल्कमा २५ बेसिस पोइन्ट छुट तथा छिटो र सहज कर्जा प्रवाहको सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।
























