काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दाङ दुर्घटना अपडेट : १० जनाको मृत्यु, ६ जनाको उपचार हुँदै

19.15K
shares

दाङस्थित तुलसीपुर उपमहानगरपालिका-३ राम्री नजिक विद्यार्थी चढेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ९ पुरूष रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै घाइते ६ जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

सहिद कृष्णसेन प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीसहित ३१ जना चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । ३१ जनामध्ये २२ पुरूष र ९ महिला थिए ।

विद्यार्थीहरू सल्यान कपुरकोटस्थित मूलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणमा गएर फर्कँदै गर्दा दुर्घटनामा परेका हुन् । बस छाँगोजस्तो स्थानबाट तल खसेको तुलसीपुर उपमहानगरपालिका-३ का वडाध्यक्ष वीर बहादुर बिकले बताए ।  उनले न्युज कारोबारसँग भने, ‘उद्धारमा प्रहरी, प्रशासन स्थानीय लगायत सबै जुटेका छौं ।’