काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वित्त आयोग बनाए मात्रै न्यायोचित बजेट पाइन्छ : मन्त्री ज्वाला

12.05K
shares

वित्त आयोग नबनाए सम्म कर्णालीले न्यायोचित बजेट प्राप्त गर्न नसक्ने कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् । शुक्रबार मन्त्रालयले बजेट कार्यान्वयनमा गरेको प्रगती र भावि योजनाका विषयमा आयोजित पत्रकार सम्मेलन मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

‘कर्णालीलाई न्यायोचित बजेट वितरण गरिएको छैन,’ उनले भने, ‘वित्त आयोग नबनाएसम्म कर्णालीले न्यायोचित बजेट प्राप्त गर्न सक्दैन ।’ गरिबीको चपेटामा परेको कर्णालीलाई आज पनि केन्द्रमै हात थाप्नुपर्ने बाध्यता भएकाले केही योजना बनाई अगाडि बढेको मन्त्री ज्वालाले बताए ।

कार्यमक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले कर्णाली सरकारले लगानी सम्मेलनको तयारी गरेको जानकारी दिए । ‘कर्णालीको सबैभन्दा ठूलो समस्या छरिएर रहेका बस्ती हो । यसलाई एकिकृत गर्नुपर्छ,’ उनले भने, ‘सँगसँगै यहाँको समस्या बुझेर लगानी सम्मेलन गर्नु आवश्यक छ । त्यसको तयारी गरिरहेका छौं ।’

मन्त्रालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सचिव ढुण्डिप्रसाद निरौलाले संघियता कार्यन्वयन ऐन नबन्दा आफूहरुलाई अन्यौलता भएको बताए । उनले मन्त्रालयको हालसम्मको बजेट खर्चको विवरण प्रस्तुत गर्दै ४ करोड ८५ लाख ५० हजारमा १ करोड ७ लाख ६८ हजार ५ सय २५ रुपैयाँ खर्च मन्त्रालयले गरेको बताए ।