न्याय माग्दै पूर्वराजा ज्ञानेन्द्रकी छोरी सर्वोच्चमा
वि.सं.२०७५ पुस ७ शनिवार १६:०२
shares

पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंह न्याय माग्दै सर्वोच्च अदालत पुगेकी छन् । दाइजोमा पाएको सम्पत्ति नेपाल ट्रस्टको नाममा गरिएको भन्दै उनी सर्वोच्च पुगेकी हुन् । तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजोमा दिएको सम्पत्ति नेपाल ट्रस्टको नाममा हुने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले गरेको फैसलाविरूद्ध प्रेरणाले सर्वोच्च अदालतमा रिट हालेकी हुन् ।
आफ्नो मुद्दालाई संवैधानिक इजलासबाट नहेरी पूर्ण इजलासबाट हेरिएको जिकिर प्रेरणाले गरेकी छन् । प्रेरणालाई दाइजोस्वरूप दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारी हुने गरी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीसहरू दीपक कार्की र सपना मल्लको इजलासले ०७३ पुस २१ गते फैसला गरेको थियो ।

























