काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीको राजधानीमै छैन जेब्रा क्रसिङ्

11.34K
shares

सुर्खेत कर्णाली प्रदेशको राजधानी भएपछि मानिसहरुको चहलपहल बढ्दै गएको छ । चहलपहल संगै ट्राफिक व्यवस्थापनमा पनि  चुनौति आएको छ । तर, वीरेन्द्रनगर बजार क्षेत्र तथा रत्न राजमार्गमा समेत ट्राफिक व्यवस्थापनका लागि जेब्रा क्रसिङ् नहुँदा समस्या परेको छ ।

राजधानीकै सडकमा जेब्रा क्रसिङ् नहुँदा यात्रहरु जथाभाबी सडक पार गरिरहेको दृष्य देख्न सकिन्छ । सडकमा जेब्रा क्रसिङ् नहुँदा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि बिसीले बताए ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएकोले पनि यात्रुहरुको चहलपहल बढेको छ ।

‘बजार तथा रत्न राजमार्गमा जेब्रा क्रसिङ् नहुँदा यात्रुहरु जथाभावी सडक पार गर्छन्,’ उनले भने । यात्रुहरुले जथाभावी सडक पार गर्दा दुर्घटना निम्तिने गरेको प्रमुख बिसीले बताए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेरे आवश्यकता अनुसार वीरेन्द्रनगर बजार क्षेत्रभित्र जेब्रा क्रसिङ् राख्ने तयारी गरिएको छ ।

उता वीरेन्द्रनगर नगरपालिकाका ईन्जिनियर विशाल अधिकारीले भने वीरेन्द्रनगर बजार क्षेत्रमा जेब्रा क्रसिङ्को आवश्यकता भएकोले छिटै राख्ने तयारी गरेको बताए ।

रत्न राजमार्गको विषयमा भने सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी दिपेन्द्र विष्टले निर्माण कार्य सम्पन्न नभएका कारण जेब्रा क्रसिङ् नराखेको बताए ।