काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘ए’ डिभिजन लिगमा आजदेखि ११औं चरणका खेल

10.42K
shares

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबारदेखि ११ औँ चरणका खेल हुँदैछन् ।

आज तीन खेल हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान ११ बजे हुने खेलमा ब्रिगेड ब्वाइजले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । १४ अंक जोडेको हिमालयन आठौँ र मात्र ६ अंक जोडेको ब्रिगेड ब्वाइज १२औं स्थानमा छ ।

एन्फा कम्प्लेक्समा नै दिउँसो साढे दुई बजे जावलाखेल युथ क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ । १० खेलबाट ६ अंक जोडेको मछिन्द्र क्लब पुछारबाट दोस्रो स्थानमा छ । ८ अंक जोडेको जावलाखेल १०औँ स्थानमा छ ।

यस्तै, आजै दिउँसो साढे दुई बजे हलचोक मैदानमा पुछारमा रहेको न्युरोड टिम एनआरटीे फ्रेण्ड्स भिड्नेछन् । एनआरटी ११औँ स्थानमा छ । एनआरटीको १० खेलबाट चार तथा फ्रेण्ड्सको ८ अंक छ ।

मनाङ मर्स्याङ्दी १० खेलबाट ३० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको संकटाकोे २५ अंक छ ।