काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्युत् चोरीको आरोपमा रसुवा रोशन कन्सट्रक्सनलाई जरिवाना

8.11K
shares

सरकारी ठेक्का लिएर विद्युत् चोरी गरेको आरोपमा विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनले ४२ हजार १५२ रुपैयाँ जरिवाना तिरेको छ ।

राजविराज नगरपालिकाको गिलेसन बनाउने ठेक्का लिएका रसुवा रोशन कन्सट्रक्सन जनकपुरले विद्युत् चोरी गरी निर्माणको काम गरिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको टोलीले पक्राउ गरेको थियो । हटियामा निर्माणाधीन गिलेसनमा एक वर्षदेखि ती निर्माण कम्पनीले डायरेक्ट पोलमा हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको पाइएपछि उक्त जरिवाना तिराइएको वितरण केन्द्रका प्रमख चन्द्रनारायण साहले जानकारी दिए ।

उनका अनसार विद्युत् चोरी गरी निर्माण काम गरिरहेको जानकारीका आधारमा प्राधिकरणको टोलीले रड काट्ने दुई थान कटर, तीन थान पानी तान्ने पम्प र दुई थान चिम विद्युत्को पोलमा हुकिङ गरिरहेकै अवस्थामा बरामद गरिएको थियो ।

विद्युत् चोरी गरी निर्माण कम्पनीले काम गरिरहेको पाइएपछि विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनसँग ४२ हजार १५२ रुपैयाँ बुझाउन विद्युत् प्राधिकरणले पत्र काटेको थियो ।(रासस)