सिकागोस्थित अस्पतालमा गोली चल्यो, ४ जनाको मृत्यु
वि.सं.२०७५ मंसिर ४ मंगलवार १६:३७
shares

अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक चिकित्सक, एक फर्मास्युटिकल्स सहयोगी र एक प्रहरी अधिकारी छन् । बन्दुकधारीको पनि ज्यान गएको छ । नाम नखुलेका बन्दुकधारीले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको वा प्रहरीको जवाफी कारबाहीमा मारिएको भन्नेबारे पुष्टि भने भएको छैन ।
मारिएकामध्ये एक जना महिलासँग गोली चलाउको सम्बन्ध रहेको बिबिसीले उल्लेख गरेको छ । बताइएको छ । तर, उनले गोली नै किन हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
अमेरिकामा बन्दुक राख्न पाउने कानुन पछिल्लो समय टाउको दुखाइको विषय बन्दै गएको छ । केही समयको अन्तरालमा मात्र अमेरिकामा बन्दुकधारीको आक्रमणमा सयौंले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रपति बराक ओवामाले हतियार राख्न पाउने नियममा पुनर्विचार गर्ने प्रस्ताव राखेपनि अमेरिकी कंग्रेसले अस्वीकार गरेको थियो ।

























