बोक्सी आरोपमा कुटपिट गर्ने दुई जना पक्राउ
वि.सं.२०७५ मंसिर ४ मंगलवार १६:४५
shares

रुपन्देहीको सैनामैना नगरपालिका– १ मा बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने बाबुछोरा पक्राउ परेका छन् ।
सैनामैना नगरपालिका १ बस्ने ६५ वर्षीय खेतु मल्लाह र उनका ४५ वर्षीय छोरा प्रकाश मल्लाह पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार प्रकाशका छोराछोरीलाई बिरामी बनाएको भन्दै उनीहरुले आफ्नै छिमेकी महिलालाई बोक्सीे आरोपमा कुटपिट गरी घाइते बनाएका थिए ।

























