काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौं उपत्यकामा ६८५ सवारीसाधनमाथि ट्राफिक कारबाही

336
shares

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८५ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार ११८ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १२१, रेड लाइट उल्लंघन गर्ने ३६, सीसीटीभीमार्फत पहिचान भएका ३०, सवारीको अवस्था ठीक नभएका २१, अनावश्यक हर्न बजाउने १०, लेन अनुशासन उल्लंघन गर्ने ६ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ४ जनामाथि कारबाही गरिएको छ।

यसैगरी अन्य कसुरमा ३३९ जनामाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।