काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पप्पु कन्स्ट्रक्सन कालो सूचीमा, टेण्डरमा रोक

14.49K
shares

निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको हो ।

ठेक्का समयमा पूरा नगरेको र गुणस्तरयुक्त काम नगरेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफरिस गरेको थियो ।

आयोजनाको सिफरिस अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग वा सहभागी हुन नपाउने गरी बन्देज लगाएको हो । कार्यालयद्वारा जारी सूचनामा सिक्टाको उजुरीउपर अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल कामको जिम्मा दिँदा मुलुकलाई थप हानी पर्न सक्ने उल्लेख गरिएको छ ।

पप्पुलाई ठेक्कामा सहभागी गराउँदा विकास निर्माणका कार्यमा अवरोध हुने र सर्वसाधारको जीवनस्तरमा समेत नकरात्मक असर पार्ने सम्भवना देखिएको मंगलबार जारी सूचनामा उल्लेख छ । कार्याललये कालोसूचीबाट पप्पु नहट्दासम्म खरिद प्रक्रियामा सहभागी नगराउन सचेत गराएको छ ।

सिक्टा सिंचाइ आयोजनाले कार्तिक मसान्तमा कोस्टाल पप्पु जेभीको काममा चित्त नबुझेको भन्दै ठेक्का सम्झौता रद्द गरी कालो सूचीमा राखेको थियो । पप्पुले सिक्टा आयोजनाको डुडुवा शाखा नहर बनाउने जिम्मा पाएको समय अवधि सकिँदासम्म ७ प्रतिशत मात्र काम गरेको थियो ।