राजपा बैठक आज, सरकारलाई दिएको समर्थनबारे छलफल हुने
वि.सं.२०७५ मंसिर ४ मंगलवार १७:४३
shares

सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिनेबारे छलफल गर्न राजपा नेपालको बैठक मंगलबार बस्दै छ । सरकारले संविधान संशोधन लगायतका माग पूरा नगरेपछि राजपा नेताहरुले समर्थन फिर्ता लिने चेतावनी दिँदै आएका छन् ।
दिउँसो बस्ने अध्यक्षमण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने निर्णय गर्ने बताइएको छ । राजपाले का महासचिव केशब झाले सरकारले आफूहरुको माग सम्बोधन गर्न चासो नदिकाले समर्थनका विषयमा छलफल हुने बताए ।

























