काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शैक्षिक सुधारमा मोरङको नमुना- कटहरी गाउँपालिका

19.97K
shares

शिक्षालाई प्रभावकारी बनाउन भन्दै मोरङको कटहरी गाउँपालिकामा रहेका १९ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको छ । अंग्रेजी भाषामा पोख्त गराउँन गाउँपालिकाले यस्तो सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाई सुरू गरेको हो ।

अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले पनि यो भाषा सिक्नु धेरैको लागि अनिवार्यजस्तै भइसकेको छ । यहीँ अवस्थालाई दृष्टिगत गरी मोरङको कटहरी गाँउपालिकाका १९ वटा सामुदायिक विद्यालयमा नर्सरीदेखि १ कक्षासम्म अंग्रेजी माध्यममा पढाउन थालिएको छ ।

गाँउपालिकाको सहयोग र पहलमा गाउँपालिकाभित्रका विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाइ सुरू गरिएको हो । समाजमा अंग्रेजीप्रतिको प्रभावकारीतालाई मूल्याङकन गर्दै विद्यालयहरुमा पढाइको माध्याम अंग्रेजी बनाइएको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतको भनाइ छ । उनले यसअघि कटहरी गाउँपालिकाका प्राय सबै विद्यालयको अवस्था खराब रहे पनि अहिले सुधारिएपछी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा वृद्धि भएको जानकारी दिए ।

‘पहिले कटहरी गाउँपालिकाका प्राय सबै सामुदायिक विद्यालयको अवस्था र शैक्षिक गुणस्तर खराब थियो । गाउँपालिकाका ३ विद्यालयहरु मर्ज भईसकेको अवस्था थियो,’ अध्यक्ष कामतले भने, ‘हामीले किन मर्ज हुँदैछ भनेर छलफल गर्दा अभिभावकले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाई नहुने भएकाले विद्यार्थी बोर्डिङ स्कुलमा पढ्न थालेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घटेको बताएपछि परिवर्तन गर्ने सोच बनाएर अघि बढ्यौँ ।’

कामतले अभिभावकहरुका सकारात्मक कुरा आएपछि गाउँपालिकाले पहिलो पटक ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर १८ वटै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको बताए । ‘अभिभावकहरुबाट पनि सकारात्मक कुरा आएपछी हामीले पहिलो पटक ५० लाख छुट्यायौँ र अंग्रेजी माध्यम सुरु गर्यौ,’ उनले भने, ‘अहिले त्यसको रिजल्ट निकै राम्रो भएको छ ।’

उनले अंग्रेजी माध्यम सुरु गरेपछि विद्यालयमा विद्यार्थीहरुको संख्या बढेको दावी गरे । निजी विद्यालयमा अध्यन गर्ने बालबालिकाहरु पनि सामुदायिक विद्यालयमै पढ्न आउन थालेको उनको भनाई छ ।

‘अंग्रेजी माध्यममा पढाई सुरू गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ । बोर्डिङ स्कुलमा पढ्ने विद्यार्थी पनि अहिले सामुदायीक विद्यालयमा आउन थालेका छन्,’ उनले भने, ‘पढाईको गुणस्तर बढेपछि अभिभावकहरु पनि खुसी छन् ।’

अहिले सबैजसो निजी विद्यालयमा अंग्रेजी माध्यममै पढाइ हुन्छ तर अधिकांश सरकारी विद्यालयमा नेपाली माध्यमबाट पढाई हुने भएकाले सामुदायिक विद्यालयमा विपन्न र गरीबका बालबालिका बढी देखिन्छन् । समयको आवश्यकता र विपन्न अविभावकको मनोभावनालाई बुझेर अंग्रेजी माध्यममा पढाउन थालिएको प्रजातन्त्र मावि भौडाहाका प्रधानाध्यापक ओम विष्टले बताए ।

सँगसँगै अंग्रेजी भाषाको बढ्दो दबदबा र प्रभावले पछिल्लो समय धेरै विद्यार्थीमा नेपाली भाषा या मातृभाषाप्रतिको दख्खल भने कमजोर हुँदै गइरहेको छ । अंग्रेजी भाषामा पोख्त बन्नु त राम्रो हो तर, त्यसका नाममा मौलिक र मातृभाषाहरुलाई भने ओझेलमा पर्न थालेको पाइन्छ ।