हिमालयन डिस्टिलरीकाे साधारणसभा वीरगञ्जमा सुरु
वि.सं.२०७५ पुस २५ बुधवार १७:०६
shares

हिमालयन डिष्टिलरीको साधारणसभा कम्पनीको रजिष्टार्ड कार्यालय वीरगञ्जमा जारी छ । बिहान १० बजेदेखि सुरु साधारणसभा बैठकमा कम्पनीले २१.०५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीले सधारणसभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गरेको थियो । पुस ३ गतेसम्म कायम सेयरधनीले नगद सुरक्षित गरेका छन् ।
साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाबका सम्बन्धमा पनि छलफल भइरहेको छ भने कम्पनीका अध्यक्षको प्रतिवेदनलाई पारित गर्ने एजेन्डा राखिएको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश भएको छ । हाल यस कम्पनीको सेयर पुँजी ३८ करोड ५६ लाख ४५ हजार रुपैयाँ छ ।

























