प्रदेश सरकारले मुग्लिन र राम्दीमा नमस्ते सूचना केन्द्र स्थापना गर्ने
वि.सं.२०७५ पुस २५ बुधवार १७:०७
shares

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशको नाका मुग्लिन र राम्दीमा नमस्ते सूचना केन्द्र (इफर्मेसन डेस्क) स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश आन्तरिक भ्रमण वर्ष २०१९ का सम्बन्धमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले यसै वर्ष मुग्लिन र राम्दीमा सूचना केन्द्र स्थापना गरिने बताएका हुन् ।
‘मान्छेलाई के अनुभूति हुनुपर्यो भने अब म गण्डकी प्रदेशको पर्यटकीय सहरमा प्रवेश गर्दैछु,’ उनले भने, ‘त्यसका लागि सूचना केन्द्रबाट पर्यटकीय गतिविधि जानकारी हुनुका साथै मूल गेटबाटै उनीहरुलाई स्वागत गरेको अनुभूति दिलाउने हाम्रो चाहना हो ।’ मुग्लिन र राम्दीमा सूचना केन्द्र स्थापना भएपछि नवलपरासीमा पनि राख्ने प्रदेश सरकारको योजना छ ।

























