शुक्रबार ग्लोबल आइएमई बैंकको साधारणसभा, यस्ता छन् एजेन्डा
वि.सं.२०७५ पुस २५ बुधवार १६:५९
shares

ग्लोबल आइएमई बैंकले आउँदो शुक्रबारका लागि वार्षिक साधारणसभा बोलाएको छ । काठमाडौंको नक्साल ब्याक्वेटमा शुक्रबार विहान १० बजे सुरु हुने गरी बैंकले साधारणसभा बोलाएको हो । बैंकले साधारणसभामा १६ प्रतिशत बोनस प्रस्ताव लैजाने छ । यस्तै अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि लागिने बैंकले जनाएको छ । मर्जर वा एक्वीजिसनबारे निर्णय लिने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि साधारणसभामा पेश हुने छ ।
बैंकले पुस १५ गते बुक क्लोज गरिसकेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । बैंकले बोनसमा १ अर्ब ४२ करोड २१ लाख ४० हजार रुपैयाँ रुपैयाँ खर्च गर्नेछ ।
८ अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको यही पुँजीमा १६ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड नाघ्ने छ ।

























