काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उत्साहजनक वृद्धि

10.94K
shares

सन् २०१८ मा अन्तर्राष्ट्रिय पर्यटकको नेपाल आगमनमा उल्लेखनीय वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार वर्षभरि नै पर्यटक आगमनमा देखिएको उत्साहजनक वृद्धिका कारण सन् २०१८ मा ११ लाख ७३ हजार ०७२ पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशत बढी हो ।

गत वर्ष हवाईमार्गबाट ९ लाख ६९ हजार २८७ र स्थलमार्गबाट २ जार ३ हजार ७८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेका छन् । हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको संख्यामा गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले वृद्घि भई कुल आगमन २ लाख ४८३ पुगेको छ । त्यस्तै श्रीलंकाबाट आउने पर्यटकको संख्यामा २०१७ को तुलनामा ५५.७ प्रतिशत वृद्घि भएको छ । समग्रमा सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा २६.४ प्रतिशतले वृद्धि भएर कुल आगमन संख्या ३ लाख १ हजार ९६३ पुगेको छ ।

त्यस्तै, नेपालका लागि दोस्रो प्रमुख स्रोत बजार चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार ६०२ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन २०१७ को तुलनामा ४६.८ प्रतिशत वृद्घि हो । यसैगरी, थाई, दक्षिण कोरियाली र जापानी पर्यटकको संख्यामा पनि २०१७ को तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले वृद्धि भएको छ ।

Tourist Arrival Top 5 markets-newskarobar

युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय वृद्घि देखिएको छ । संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या क्रमशः १५.६, २३.१ र २१.१ ले वृद्धि भई ६३ हजार ८६, ३६ हजार ८३३ र ३१ हजार ६५३ पुगेको छ ।

सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्घि भई ९१ हजार ७८५ पुगेको छ । त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या १५.१ प्रतिशतले बढेर ३८ हजार ४०८ पुगेको छ ।

Tourist Arrival Data by air and land-newskarobar

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक आगमनमा हासिल गरिएको वृद्घिले सबैलाई उत्साहित बनाएको र सन् २०१८ का अन्तिम दुई महिनामै करिब ४७ प्रतिशतको वृद्घि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिका लागि बलियो आधार तयार भएको बताए । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट यो सफलता हासिल भएको भन्दै उनले अब गुणात्मक रुपमा पनि पर्यटनको विकास गर्न लागि पर्ने प्रतिबद्धता जनाए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीका अनुसार नेपाल पर्यटन बोर्डले स्थापनाकालदेखि नै अंगिकार गरेको साझेदारीको अवधारणा र सबैको साझा प्रयासले तीन वर्षयता पर्यटन आगमनमा देखिएको वृद्घिले सम्पूर्ण पर्यटन सरोकारवालामा उत्साह र आत्मविश्वास बढेको बताए ।