काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अब ५० देशबाट सिधै एनआईसी एशिया बैंकमा पैसा पठाउन सकिने

11.76K
shares

एनआईसी एशिया बैंकले वर्ल्ड रेमिट लिमिटेडसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । रेमिट्यान्स सेवाका लागि बैंकले वर्ल्ड रेमिट लिमिटेड, यूकेसँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको छ ।

 सम्झौताअनुसार वर्ल्ड रेमिटमार्फत कतार, साउदी अरब, यूएई, कुवेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, अमेरिका र युरोपेली गरी ५० मुलुकबाट पठाएको रकम एनआइसी एसियाका जुनसुकै शाखाबाट निकाल्न सकिनेछ । ती देशबाट पठाएको रकम नेपालका एनआइसी एसियाका २७० शाखा र ६७ सय भन्दा बढी सहायक प्रतिनिधिमार्फत झिक्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 वर्ल्ड रेमिटका ग्राहकले पनि एजेन्टमार्फत विप्रेषण सेवा नलिकन आफैं आफ्नो मोबाइलमार्फत परिवार र साथीलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन् । हाल देशभर एनआइसी एसियाका २७० शाखा, २८९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र २२ शाखारहित बैंकिङ एकाइ छन् ।