नेपालगन्जमा सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा
वि.सं.२०७५ पुस २६ बिहीवार १९:५४
shares

सानिमा जनरल इन्स्योरेन्सले बाँकेको नेपालगन्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले उद्घाटन गरेका छन् ।
कार्यक्रममा कम्पनीका सञ्चालक खेमराज लामिछाने र नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको पनि उपस्थिति थियो । नयाँ शाखाबाट कम्पनीले सबै प्रकारका निर्जीवन बिमाहरु मोटर, घर, कलकारखाना, जलविद्युत, कृषि तथा पशु बिमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबिमा सेवा उपलब्ध गराउने जनाएको छ । देशभर बिमाको पहुँच नपुगेका क्षेत्रमा बिमाको सर्वसुलभ पहुँच पुर्याउने उद्देश्यले नयाँ शाखा कार्यालय स्थापना गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीको अधिकृत पुँजी डेढ अर्ब, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । चालू आर्थिक वर्षभित्र ३० करोडबराबरको सेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता पुँजी १ अर्ब पुर्याउने कम्पनीको लक्ष्य छ ।

























