काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता

15.71K
shares

नेपाल पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच पुनर्बिमा सम्झौता भएको छ । सम्झौतापत्रमा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

पुनर्बिमा कम्पनी र प्रभु लाइफबीचको सम्झौताअनुसार सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को बजेटबाट व्यवस्था गरेबमोजिम दुई कम्पनीबीच सम्झाैता भएको हो । उक्त व्यवस्थाले चालू आर्थिक वर्षदेखि नै पुनर्बिमा हुने र यसबाट दुवै कम्पनी लाभ हुने देखिएको छ ।

जोखिम समूहको पुनर्बिमा व्यवस्थापन गर्न २०६० साल असोज ३० मा सरकार र सबै निर्जीवन बिमा कम्पनीको साझा संस्थाको रूपमा आकस्मिक बिमा कोषको स्थापना भई पुनर्बिमा कम्पनी सञ्चालनमा आएको हो । कम्पनीमा सरकारको ४३.५५ प्रतिशत एवं जीवन बिमा कम्पनीहरूको ३८.३९ प्रतिशत र अन्य कम्पनी तथा संस्थापित कम्पनीसमेत (१८.०६ प्रतिशत) गरी जम्मा ५६.४५ प्रतिशत सेयर स्वामित्व छ ।