काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हेफरको लगानीमा पशु बधशाला सञ्चालनको तयारी

11.28K
shares

विगत लामो समयदेखि बुटवलमा ‘गोदाम घर’को रुपमा तयार भएको पशु बधशाला सञ्चालन हुन सकेको छैन । सरकारी लगानी बालुवामा पानि जस्तै भएको बधशाला सञ्चालनको लागि बुटवल उपमानगरपालिकाले अहिले आएर भने चासो देखाएको छ ।

निर्माण भएको लामो समय सम्म पनि सञ्चालन गर्न नसकेको बुटवल उपमहानगरपालिकाले अहिले भने केही हौसिएको छ । बधशाला सञ्चालनको लागि हेफर इन्टरनेसनलले चासो देखाएपछि उपमानगर त्यसको जस लिन अघि सरेको भन्दै टिप्पणी हुन थालेको छ ।

हेफर इन्टरनेसनले बुटवल उपमानगरसहित देशका अन्य ४ उपमानरपालिकामा पशु बधशाला निर्माण गर्दैछ । बुटवलसहित चितवन उपमहानगरपालिका र पोखरा महानगरपालिकामा पनि हेफरले पशु बधसाला निर्माण गर्न लागेको छ ।

अहिले बधशालालाई कम्पनीमार्फत दर्ता गरी सञ्चालन गर्ने तयारी भइरहेको छ । एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई हेफरले सञ्चालन गर्ने तयारी गरेपछि लामो समयदेखि सञ्चालन हुन नसकेको बधशाला सञ्चालनमा आउने भएको छ ।

वि.सं. २०७१ जेठ २० मा बुटवल उपमहानगरले अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग बधसाला निर्माणको लागि  सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । कम्पनीले २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाइ हस्तान्तरण गरेको थियो ।

१ करोड एक लाख ८५ हजार ६ सय ३६ रुपैयाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रुपैयाँमा ठेक्का लिएको थियो । तत्कालीन कृषि विकास मन्त्रालय पशुसेवा विभाग पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रुपैयाँमा सो बधशाला निर्माण भएको हो ।

करिव डेढ करोड रुपैयाँ लागतमा  बधसालाको लागि भवन(टहरो मात्रै) निर्माण गरिएको छ ।

सार्वजनिक, निजी, सहकारी साझेदारी अवधारणा बमोजीम बधशालालाई प्रालिमार्फत सञ्चालनग गर्ने गरी २५ बर्षका लागि भाडामा दिने समेत सहमति गरिएको छ ।

नगरपालिका आँफैले सञ्चालन गर्न नसकेको बधाशाला प्रालिमा जाने भएपछि यसको संयोजक पनि बुटवल उपमानगर प्रमुख शिवराज सुवेदी नै भएका छन् ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आँफैले सञ्चालन गर्ने प्रस्ताव गरेपछि बुटवल उपमानगरले आफूले सञ्चालन गर्न नसकेको बधशालालाई कम्पनी मार्फत सञ्चालन गर्ने गरी तयारी गरेको छ ।

सुवेदी संयोजक रहेको १३ सदस्यीय समिति केही दिन पहिले गठन भएको थियो । जसले यहि माग   मसान्तसम्म बधशाला प्रा.लि. गठन र दर्ता प्रक्रिया पूरा गर्न समय दिएको छ । बधशाला सञ्चालनका लागि तीन महिनाभित्रै कार्यविधि बनाइने छ ।

१५ दिन भित्रै मासु विक्री वितरणको समेत निर्देशिका बनाएर काम अगाडि बढाउन समितिले निर्देशन दिएको बधशाला निर्माण तथा व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउँछन् ।

उपमहानगरस्थित १० नं. वडामा टहरा निर्माण भएको बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न चाहिने प्राविधि सहयोग तथा सामाजिक परिचालन लगायतको लागि करिब डेढ करोड सम्मको लगानी हेफर इन्टरनेसनलले गर्ने हेफरका बजार विकास प्रबन्धक अनन्त सिलवाल बताउँछन् ।