काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपा राष्ट्रवादीले यसरी मनायो एकता दिवस

15.94K
shares

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले राष्ट्रिय एकता दिवस साथ मनाएको छ । उसले पृथ्वी जयन्तीको अवसरमा बालाजु बनस्थलीदेखि बानेश्वर थापागाँउसम्म पदयात्रा र र्याली निकालेको थियो ।

एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.  प्रकाशचन्द्र लोहनीलगायतले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । सोही पार्टीका सहमहामन्त्री प्रदीपविक्रम राणाको संयोजकत्वमा भएको पदयात्रा तथा र्यालीमा सायैं सर्वसाधारणको उत्साहपूर्ण सहभागीता थियो ।

र्यालीपछि समारोहमा अध्यक्ष लोहनी, सहमहामन्त्री प्रदीप बिक्रम राणालगायतले सम्बोधन गरेका थिए । समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।