उद्यमशीलता विना आर्थिक विकास हुन सक्दैन : अध्यक्ष तिमिल्सिना
वि.सं.२०७५ पुस २८ शनिवार ०१:३९
shares

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्यमशिल विना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । युनाइटेड क्लबको आयोजनामा सुक्रबारदेखि पोखरामा सुरु भएको नवौं संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै उनले सरकारी जागिर खाने सोच भन्दा माथि उठेर धेरैलाई रोजगार दिने उद्धेश्यले उद्यमशील वन्न आग्रह गरे ।
‘तपाई एक जनाले जागिर खाँदा एक जानको मात्र भविष्य बन्ला आँफै उद्यमशील भएर केहीलाई रोजगार दिँदै आफै व्यवसायी बन्नुभयो भने यो देशमा कति बस्तु तथा सेवा उत्पादन हुन्छ, जसले गर्दा यो सिंगो राष्ट्रलाई नै फाईदा पुग्छ,’ उनले भने ।
नेपालबाट अब श्रमिकको रुपमा खाडी मुलुकमा पठाउने सिस्टमलाई रोकेर नेपालबाट बैज्ञानिकको रुपमा विदेश पठाउने सिस्टम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले जनाए । नेपालमा विदेशीसँग प्रतिष्प्रर्धा गर्न सक्ने शिक्षा निती तथा प्रणाली भएमा नेपालबाट वैज्ञानिक, ईन्जिनीयर, डाक्टर, प्रशासक, दक्ष जनशक्तिलाई मात्र विदेश पठाउन सकिने उनले बताए ।

























