काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खानेपानीमन्त्री मगरले भनिन्- विकासमा अवरोध नगरौं

12.03K
shares

खानेपानीमन्त्री बिना मगरले विकासको काममा रचनात्मक र सकारात्मक भूमिका खेल्न प्रतिपक्ष दललाई आग्रह गरेकी छिन् । कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटनमा मन्त्री मगरले विकासको काममा सबैको भूमिका अपरिहार्य भएको बताइन् ।

विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुर्याउन नहुने मन्त्री मगरको धारणा थियो । थारू संस्कृतिको सम्बर्द्धनको विषयमा उनले गाउँगाउँबीच संस्कार तथा परम्पराहरु आदानप्रदान हुनुपर्ने बताइन् ।

नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको भन्दै उनले घरआँगनमा सीमित भएको माघी पर्व मेला र महोत्सवको रुपमा विकास भएको उल्लेख गरिन् । उनले आफ्नै निर्वाचन क्षेत्रमा माघी खेल्न आएको बताइन् । चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परीक्षण र उपचारमा सरकार गम्भीर रहेको दावी गरिन् ।

उनी कार्यक्रममा मगर थारु पहिरनमा पुगेकी थिइन् । थारूहरूको महान पर्व माघे सकान्तिको अवसरमा थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिले आयोजना गरेको मेला ३ दिन सम्म चल्नेछ ।