भीरबाट लढेर प्रहरी हबल्दारको मृत्यु
वि.सं.२०७५ पुस २८ शनिवार ०१:४५
shares

सुर्खेतको भेरी नगरपालिका-४ छिन्चु घर भई नलगाड नगरपालिका-८ मैदेस्थित अस्थायी प्रहरी पोष्ट कार्यरत प्रहरी हबल्दार महोवीर खड्काको भिरबाट खसेर मृत्यु भएको छ ।
तीन जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हबल्दार खड्का नलगाड नगरपालिका-८, गङ्थलेपाखाको भिरबाट एक्कासि चिप्लिएर तल खसेका थिए । घटनास्थलबाट प्रथमिक उपचार गर्ने ठाउँ रुकुमको आठबीसकोटस्थित नगर अस्पतालमा लिनका लागि गाडी नहुँदा स्टेचरमा लगिएको थियो ।
बिहीबार राति घाइते खड्कालाई कोहलपुर मेडिकल कलेज लगिए पनि उपचार गर्दागर्दै शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । लडेर घाइते भएका खड्काको समयमै उद्धार गरी अस्पतालमा लगिएको भए ज्यान बचाउन सकिने प्रहरीको भनाइ छ । (रासस)

























