काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भूकम्प प्रतिरोधी घर बनाउन जनकपुरधाम उपमहानगरको आग्रह

13.82K
shares

जनकपुरधाम उपमहानगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गरेको छ । भूकम्पीय जोखिमका दृष्टिले नेपाल ११ औं नम्बरमा रहेकाले नेपाल भूकम्पीय जोखिममा रहेको भन्दै उपमहानगरले सुरक्षित घर बनाउन आग्रह गरेको हो ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा जनकपुरधाम उपमहानगरपालिकाले भूकम्पीय जोखिम व्यवस्थापनका लागि स्थानिय सञ्चारकर्मीहरुका लागि आयोजना गरिएको कार्यशाला गोष्ठिमा उपमहानगर प्रमुख लालकिशोर साहले सुरक्षित आवास निर्माण गर्नुपर्नेमा जोड दिए ।

साहले २०७२ सालमा गएको विनासकारी भूकम्पले सिन्धुपाल्चोक र गोरखामा ठूलो क्षति भएको उल्लेख गर्दै साहले त्यस्तै क्षति नहोस् भन्नका लागि सुरक्षित आवास निर्माणलाई जोड दिनुपर्ने बताए ।