काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसिएन कपबाट भारत आउट : मुख्य प्रशिक्षकले दिए राजीनामा

12.29K
shares

एसियन कप फुटबल प्रतियोगिताबाट भारत बाहिरिएको छ । प्रतियोगिताबाट भारत समूह चरणबाटै बाहिरिएपछि भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफन कोन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन् ।

सोमबार राती भएको खेलमा भारत बहराइनसँग पारजित भएको थियो । प्रतियोगितामा सफलताको नजिक रहेको भारत अन्तिम मिनेटमा सम्हालिन नसक्दा बहराइनसँग पारजित भएको थियो ।

भारतलाई अघिल्लो चरणमा पुग्नका लागि बराबरी भए पुग्थ्यो । तर, अन्तिम समयमा सम्हालिन नसक्दा भारतले उक्त अवसर गुमाउँदै समूह चरणबाटै बाहिरिएको छ । यो सँगै पहिलो पटक एसियन कपको नकआउट चरणमा पुग्ने भारतको सपना पूरा हुन पाएन ।

भारत जुन समूहमा थियो त्यस समूहबाट युनाइटेड अरब इमिरेट्स समूह विजेता तथा थाइल्यान्ड उपविजेता हुँदै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा पराजय व्यहोरेसँगै प्रशिक्षक कोन्सटेनटाइनले समाजिक सञ्जालमार्फत पदबाट पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । उता भारतीय फूटबल संघले प्रशिक्षकसँग औपचारिक छलफल नभए पनि उनको निर्णयलाई स्वीकार गरेको बताएको छ ।