काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ब्रेक्जिट डिल बेलायतको संसदबाट अस्वीकृत, प्रधानमन्त्री मेको राजनीतिक हार

14.68K
shares

युरोपीय संघबाट बेलायत अलग हुने प्रधानमन्त्री टेरिजा मेको योजनामा तुसरापात भएको छ । प्रधानमन्त्री मेको योजनालाई संसदबाट अस्वीकृत भएको छ ।

उनलाई मात्र २०२ सांसदको समर्थन रह्यो भने ४३२ सांसदले विपक्षमा मत दिएका छन् । प्रधानमन्त्री मेकै दल कन्जर्भेटिभ पार्टीका ११८ सांसदले समेत विपक्षीसँग मिलेर युरोपेली युनियनबाट अलग्गिने योजनाको विपक्षमा मत दिएका थिए ।

बेलायतलाई अलग राख्ने योजना संसदको बहुमतबाट खारेज भएपछि प्रधानमन्त्री मेको राजनीतिक भविष्यमै प्रश्न खडा भएको छ । बेलायतको संसदीय इतिहासमै कुनै पनि मस्यौदामाथि बहालवाला सरकारको यो ठूलो हार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री मेले आफूले फेरि विश्वासको मत प्राप्त गरेको खण्डमा अर्को मस्यौदा पेस गर्ने बताएको बिबिसीले जनाएको छ । मतदानअघि प्रधानमन्त्री मेले आफ्नो योजनाको बचाउ गर्दै ब्रेक्जिट डिलमाथि भएको मतदान आफ्नो राजनीतिक करियरकै सबैभन्दा महत्वपूर्ण क्षण भएको बताएकी थिइन् ।

योसँगै लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । अविश्वासको प्रस्तावमाथि बुधबार नै बहस हुने बताइएको छ ।